हङकङ हारेसँगै एसिया कपमा भारत र पाकिस्तानकाे दाेस्राे भेट पक्का
shilapatra.com · Sat Sep 03 00:22:00 GMT 2022
एसिया कपमा पाकिस्तानले हङकङलाई १ सय ५५ रनले पराजित गरेकाे छ । योसँगै के तय भएको छ भने, दर्शकले यसै प्रतियोगितामा फेरि भारत र पाकिस्तान भिडेको हेर्न पाउने छन् । ४ सेप्टेम्बरमा भारत र पाकिस्तान फेरि आमनेसामने हुनेछन् ।
गएराति सम्पन्न खेलमा पाकिस्तानले २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । मोहम्मद रिजवानले सबैभन्दा बढी ५७ बलमा ७९ रनको पारी खेले । फखर जमानले ४१ बलमा ५३ रन बनाए र अन्तिम ओभरमा खुशदिल शाहले पनि राम्रो खेले । उनले केवल १५ बलमा ३५ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)