शरणार्थी प्रकरणमा यी हुन् ठेगाना नखुलेका ३ सहित ३३ प्रतिवादी
nepalkhabar.com · Mon May 22 16:29:50 GMT 2023
प्रहरीले शरणार्थी प्रकरणमा संलग्न देखिएको भन्दै ३० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन बुझाएको छ। अहिलेसम्म पीडितको उजुरीको आधारमा उनीहरुविरुद्ध २७ करोड ५० लाखबढी बिगो दाबी गरिएको छ।
तर प्रहरीले आरोपिमध्ये ११६ जनालाई मात्रै पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)