जिबी राई फेला नपरेको कि पक्राउ नगरेको ?
barnanmedia.com · Tue Jun 17 21:47:24 GMT 2025

नेटवर्किङ व्यवसाय हुँदै सहकारीमा साम्राज्य खडा गरेर अर्बाै ठगेका अनि मिडियाको नाममा कम्पनी खोलेर अवैध ऋण परिचालनको नेतृत्व गरेका गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई अझै फरार छन्। उनी फरार भएपछि तीन जना गृहमन्त्री फेरिसकेका छन्। रास्वपा सभापति रवि लामिछाने, माओवादी नेता नारायणकाजी श्रेष्ठ अनि कांग्रेस नेता रमेश लेखक हाल पदमै बहाल छन्। गार्खा मिडियामा पूर्व सहयात्रीसमेत रहेका रवि त तिनै सहकारी ठगीमा पुर्पक्षका लागि जेलमा छन्। तर, जिबीलाई पक्राउ गर्न कसैले चाहेनन् वा सकेनन्। रमेश लेखक प्रतिपक्षमा छँदा सहकारी ठगीको मुद्दा खुबै उठाउथे । तर, अहिले उनले पनि खासै वास्ता गरेका छैनन्, जिबीलाई समात्न।
जिबी मलेसियामा लुकेर बसेको र प्रहरी दुई हप्ता मलेसियामा पुगेको थियो। तर, उनी पक्राउ परेका छैनन्। खासगरी जिबीको यो सहकारी धन्दामा कांग्रेस, एमाले र माओवादीका नेताहरू पनि जोडिएका छन्, विशेषगरी जिल्ला तहका। त्यही भएर पनि सरकारले उनलाई पक्रन धेरै रुची नदेखाएका आरोप लागिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)