हजुरआमाको हत्या गर्ने नाती पक्राउ
annapurnapost.com · Mon Sep 07 08:27:39 GMT 2026

काठमाडौं : म्याग्दीको बेनी नगरपालिकामा धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ। बेनी नगरपालिका–२, खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा उनकै छोरीका छोरा (नाती) २६ वर्षीय आशिष बरुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सोमबार बिहान करिब ११: ३० बजेको समयमा बरुवालले घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर घटनास्थलबाट फरार भएका थिए। घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको विशेष प्रहरी टोली परिचालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)