मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

 प्रतिनिधिसभा विघटन बहस : न्यायाधीशको निष्पक्षतामै प्रश्न

ekantipur.com · Mon May 31 00:37:05 GMT 2021

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुरु भएको प्रारम्भिक बहस मोडिएर न्यायाधीशको निष्पक्षतामाथि केन्द्रित भएको छ । सर्वोच्चमा विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले दर्ता गरेको निवेदनमा बहस गर्ने पालो आएपछि कानुन व्यवसायीहरूले इजलासमा बसेका न्यायाधीश बमकुमार श्रेष्ठसहित अरू दुई न्यायाधीशमाथि प्रश्न गरेका छन् ।

सवालजवाफ बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीमाथि समेत प्रश्न उठेको हो । केही कानुन व्यवसायीले सुनुवाइको निष्पक्षताका लागि प्रधानन्यायाधीश जबरालाई बिदामा बस्नसमेत सुझाव दिए । महान्यायाधिवक्ता रमेश बडालले भने कानुन व्यवसायीहरूको मागको प्रतिवाद गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)