उदयपुरमा लागुऔषध दुर्व्यसनी बढे
barnanmedia.com · Sun Mar 09 21:54:48 GMT 2025

उदयपुरमा एक वर्षअघिसम्म न्यूनीकरण हुँदै गएको लागुऔषध कारोबार र दुर्व्यसन पुनःबढ्न थालेको छ । छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रने, कारोबार गर्ने र प्रयोगकर्ता वृद्धि हुँदै गएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाभित्रबाट पनि केही गाँजा कारोबारकर्ताले बाहिर गाँजा बिक्री गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए । उनका अनुसार गत साउनदेखि फागुनको दोस्रो सातासम्ममा मात्र जिल्लामा ९० जना लागुऔषध कारोबारकर्ता र केही प्रयोगकर्ता पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)