म्याग्दीमा ७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाती पक्राउ
ratopati.com · Mon Sep 07 10:59:55 GMT 2026

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ खबरामा ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनकै नाती पक्राउ परेका छन्।
सोमबार करिब ११:३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए। धारिलो हतियार प्रहार गरी अभियुक्त फरार भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)