नक्कली नोट छाप्ने मसिन र कम्प्युटरसहित रुपन्देहीबाट दुई जना पक्राउ
techpana.com · Fri May 22 16:55:42 GMT 2026

काठमाडौँ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नेपाली नोट छापेर कारोबार गर्ने गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नोट छाप्ने उपकरण र नक्कली नोटसहित बिहीबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला ककरहवा बस्ने ३८ वर्षीय अब्दुल हमिदा र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना बस्ने २२ वर्षीय अनिल पासी (बिक्की) रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)