भारतबाट अवैधरुपमा भित्र्याइएका स्मार्ट मोबाइल बरामद
gorkhapatraonline.com · Mon Sep 07 12:25:21 GMT 2026

नेपाल भारत नाकामा प्रहरीले कडाइ बढाउँदै गएपछि भारतबाट अवैध रुपमा मालसामान भित्र्याउनेहरु दिनदिनै पक्राउ परिरहेका छन् । सोही क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भारतबाट अवैध रुपले ल्याइएको तीन लाख रुपियाँभन्दा बढीका स्मार्ट मोबाइल फोन बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२ क्षेत्रमा बिलबिजक नभएका मोबाइल ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरका समिर अहमदलाई शंका लागी खानतलासी गर्दा उनले बोकेको झोलाबाट विभिन्न कम्पनीका १९ थान मोबाइल फोन बरामद गरिएको सूचना अधिकारी प्रहरी नायब उपरिक्षक राठौरले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)