रोहितले मैत्रीपूर्ण खेल गुमाउने
annapurnapost.com · Sun Aug 29 06:48:00 GMT 2021
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दले भारतविरुद्धको दुई वटा मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका रोहित भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन्।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा लामो समय बिताएका रोहित पर्सिजा जकार्तामा पनि आफूले पाएको जिम्मेवारी पूरा गर्न गत साता इन्डोनेसिया पुगेका थिए। इन्डोनेसियाको शीर्ष डिभिजनको लिग शुक्रबारबाट सुरु भएको छ। उनले शुक्रबार मात्र एक साता लामो क्वारेन्टाइनको समय पूरा गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत रोहितले आठ दिनको क्वारेन्टाइन पूरा गरेको बताएका छन्। ‘इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेल्न म तयार छु। उत्साहित पनि छु’, रोहितले स्टाटसमा लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)