वैदेशिक रोजगार विभागबाट तीन बिचौलिया पक्राउ
gorkhapatraonline.com · Tue Apr 21 17:58:55 GMT 2026

वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिइएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ स्थित विभागबाट सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने ३४ वर्षीय विजय लामा र नुवाकोट घर भई हाल कलङ्की बस्ने ३८ वर्षीय सागर लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)