मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूर्यदर्शन सहकारीबाट लामिछानेले लिए १ करोड, पीडित झनै पीडित

annapurnapost.com · Sat Apr 27 00:19:37 UTC 2024

पोखरा : सूर्यदर्शन सहकारी संस्थामा सदस्य नै नरहेका रवि लामिछानेले यो सहकारीबाट १ करोड रुपैयाँ लिएको पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदनले देखाएको छ। सहकारीको सदस्य नै नभएको व्यक्तिले ऋण लिन मिल्दैन। तर लामिछानेले ऋण लिएका छन्। तिरेको भनेर देखाइए पनि सहकारीमा पैसा दाखिला भएको छैन। पैसा लिएर पनि कृत्रिम खाता खडा गरी तिरेको समेत देखाएर छल गरिएको छ।

सूर्यदर्शन त्यो सहकारी हो जसको अध्यक्ष जीबी राई थिए। जीबी तिनै व्यक्ति हुन् जोसँग रवि लामिछानेको साझेदारी थियो। अर्थात् जीबी राईले ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि रविसँग साझेदारी गरेका थिए। अहिले बन्द भइसकेको उक्त टेलिभिजनको सञ्चालक कम्पनी चाहिँ गोरखा मिडिया प्रालि हो। यही मिडियाका लागि पनि पोखराको सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ ऋण लिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)