सर्वोच्च अदालतको आदेशले एमालेको एकतालाई सहयोग पुग्छ : शेरबहादुर तामाङ, एमाले केन्द्रीय कार्यालय सचिव
nayapatrikadaily.com · Thu Jun 10 22:37:00 GMT 2021
एमालेको आन्तरिक राजनीतिलाई लिएर आज सर्वोच्च अदालतले आदेश दिएको छ । ओलीले बालुवाटारमा भेला गरेर गठन गरेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध र नवौँ महाधिवेशनबाट निर्वाचित माधव नेपालहरूसहितको कमिटीलाई वैध भनेको छ, सर्वोच्चको यो आदेशले अब एमालेको आन्तरिक राजनीतिमा के फरक पर्छ ?
खासै फरक त के पर्छ र ? अदालतको आदेश कुन प्रकृतिको हो, विस्तृत आइसकेको छैन । विस्तृत विवरण आइसकेपछि हामी हेर्छौँ । राजनीतिक विषयमा निरन्तर यस्तो भयो भने यसले केही न केही संकेतचाहिँ सकारात्मक गर्दैन होला । तैपनि अदालतले गरेको पैmसला र आदेशउपर हामी कुनै टिप्पणी गर्दैनौँ । भएका निर्णय कार्यान्वयन नै गर्छौँ । त्यसको पालना गर्नुपर्ने हाम्रो जिम्मेवारी र दायित्व हुन्छ । राजनीतिक विषयमा अन्तिम फैसला गर्ने अदालत नेपाली जनताले हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)