मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतमा फुटबल 'निलम्बन'को अर्थ : दक्षिण एसियाका अरु देशलाई प्रतिबन्धको भय कति?

pahilopost.com · Wed Aug 17 01:01:01 GMT 2022

काठमाडौं : छिमेकी मुलुक भारतको फुटबल संघलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बन गरेको छ। यो निर्णयसँगै तत्काल भारतलाई लागेको सबैभन्दा ठूलो धक्का, यू १७ महिला विश्वकप आयोजनाबाट बञ्चित हुनु। महिला विश्वकप अक्टोबर ११ देखि ३० सम्म हुने कार्यतालिका थियो त्यो पनि भारतकै आयोजनामा।

भारतमाथिको निलम्बनको धक्का यू १७ विश्वकपको आयोजनामा मात्रै टुंगिँदैन। भारतको पुरुष या महिला टोलीले चाहे त्यो उमेर समूहमा नै किन नहोस्, अर्को देशको राष्ट्रिय टोलीसँग खेल्ने अवसरसमेत पाउने छैन। साथै भारतका कुनै टिमले एएफसी वुमेन क्लब च्याम्पियनसीप, एएफसी कप या एएफसी च्याम्पियन्स लिगमा सहभागी हुन पाउने छैनन्। यसका बावजुद घरेलु प्रतियोगिता भने रोकिने छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)