ज्वेलर्स पसलबाट चाँदी चोरी गर्ने पक्राउ
gorkhapatraonline.com · Mon Jan 26 17:38:35 GMT 2026

ताप्लेजुङको फुङलिङ बजारमा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ फुङलिङ नगरपालिका २ घर भई वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी गर्ने एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा फुङलिङ नगरपालिका २ का २२ वर्षीय डेनिस गुरुङ रहेका छन् । उनलाई चोरी भएको चाँदीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पसलमा रहेको सीसीटीभी फुटेज परीक्षण गर्दा चोरीमा संलग्न व्यक्तिको पहिचान खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)