हिरासतमा दलित युवाको मृत्यु प्रकरण: जिल्ला प्रशासन अगाडि सांसदहरूको अनिश्चितकालीन धर्ना
ratopati.com · Thu Apr 23 17:43:51 GMT 2026

काठमाडौँ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय कृष्ण विकको शंकास्पद मृत्यु भएको घटनालाई लिएर प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको छ । ललितपुरको सातदोबाटोबाट वैशाख ३ गते पक्राउ परेका सिन्धुली सुनकोशी गाउँपालिका–३ निवासी विक वैशाख ७ गते बिहान हिरासतभित्रै मृत फेला परेपछि पीडित पक्ष र अधिकारकर्मीहरूले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत घटनाको सत्यतथ्य छानबिन नहुँदासम्म आफूसहितका जनप्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको मुख्य गेटमा अनिश्चितकालीन धर्नामा बस्ने जानकरी दिएका छन् । उनले यो प्रकरणमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी उपरीक्षक (एसपी), खुर्कोट इलाकाका इन्स्पेक्टर र डिउटी कमाण्डरलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । सांसद सुनारले प्रहरीको आन्तरिक उच्च स्तरीय विज्ञ टोलीद्वारा छानबिन गरिनुपर्ने, संसदीय छानबिन समिति गठन गरिनुपर्ने र जाहेरवालालाई जातीय हिंसाको कसुरमा कारबाही गरिनुपर्ने सर्तहरू अघि सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)