DDC Podcast Ep -02 | डिडिसीको वास्तविक समस्या के हो ? with Dr. Ram Nandan Tiwari
२०२६ जुन १ · ५० मिनेट
DDC Podcast को दोस्रो अंकमा हामीले दुग्ध विकास संस्थान (DDC) का अध्यक्ष डा. राम नन्दन तिवारीसँग कुराकानी गरेका छौं। नेपालको दुग्ध क्षेत्रको वर्तमान अवस्था, किसानका समस्या, दूधको बजार, डिडिसीको चुनौती, सरकारी नीति तथा दुग्ध क्षेत्र सुधारका सम्भावनाबारे विस्तृत छलफल याे अंकमा सुन्न सकिन्छ । साथै, डिडिसीको व्यवस्थापन, उत्पादन लागत, बजार विस्तार, प्रविधि, निजी डेरीसँगको प्रतिस्पर्धा तथा दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन आवश्यक कदमका विषयमा पनि अध्यक्ष तिवारीले आफ्नो धारणा राख्नुभएको छ। नेपालको दुग्ध क्षेत्रलाई नजिकबाट बुझ्न चाहने किसान, पशुपालक, विद्यार्थी, उद्यमी तथा उपभोक्ताका लागि यो एपिसोड विशेष उपयोगी हुनेछ।