DDC Podcast Ep -01 | कसरी उठ्दै छ डीडीसी ? with Dr. Sharan Kumar Pandey
२०२६ मे १९ · ५६ मिनेट
DDC Podcast को पहिलो अंक लिएर हामी उपस्थित भएका छौं। यस पहिलो एपिसोडमा हामीले दुग्ध विकास संस्थान (DDC) का महाप्रबन्धक डा. शरण कुमार पाण्डे ज्यूसँग विशेष कुराकानी गरेका छौं। नेपाली दुग्ध उत्पादनलाई प्रवर्द्धन गर्ने र DDC सम्बन्धी जानकारी जनसमक्ष पुर्याउने उद्देश्यले सुरु गरिएको यो Podcast अबदेखि हरेक महिनाको १ गते र १५ गते “मेरो सेरोफेरो” YouTube च्यानलमार्फत प्रसारण हुनेछ। यस पहिलो एपिसोडमा हामीले DDC को स्थापना, यसको ऐतिहासिक यात्रा तथा संस्थानका मुख्य उद्देश्यबारे विस्तृत रूपमा छलफल गरेका छौं। साथै, नयाँ महाप्रबन्धकको आगमनपछि संस्थानका आगामी योजना, तत्कालीन चुनौतीहरू र तिनको समाधानका उपायबारे पनि विशेष कुराकानी गरिएको छ। यो पोडकास्टले किसानदेखि उपभोक्तासम्म दूधसँग जोडिएका विभिन्न पक्षलाई उजागर गर्दै दुग्ध क्षेत्रको वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे महत्वपूर्ण दृष्टिकोण प्रस्तुत गने विश्वास लिगेका छौं। यो कार्यक्रम किसान, पशुपालक, उपभोक्ता तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयोगी रहनेछ।