
पडकास्ट
विष्णु अवस्थी
३ एपिसोड · ne
नेपाली साहित्य मा गजल नौलो बिधा होइन तर पनि नेपाली साहित्यमा यस्को मौलिक शैलीको बिकास भने हुन सकेको छैन यो अर्थमा कि नेपालमा लेखिने धेरै जसो गजलहरू हिन्दी या उर्दु शैली मा नै लेखिने गरिन्छ । यस्को जन्म फारसी भाषामा भएतापनी बिभिन्न समयमा बिभिन्न शैलिहरूको बिकास भएको पाईन्छ । सुरुवातकाल मा स्त्रिहरुको बर्णनमा लेखिने गजलहरू अहिलेको समय सम्म आईपुग्दा धेरै क्षेत्रलाई समेटेर लेख्न थालिएको पाईन्छ । वर्तमान समयमा गजल अत्यधिक लेखिने विधा हो । अत्यधिक छापिने विधाको स्थान पनि गजलले लिइसकेको छ । हरेक वर्ष सयौँको सङ्ख्यामा गजलसङ्ग्रहहरु प्रकाशन भइरहेका छन् भने पुराना र अन्य साहित्यिक विधामा स्थापित स्रष्टाहरुसमेत गजललेखनमा आइरहेका छन् । यसले गजललाई एउटा सशक्त र स्वतन्त्र साहित्यिक विधाको रुपमा चिनाउन मद्दत गरेको छ । अब गजललाई 'आयातीत विधा या कविता वा गीतको एउटा रुप' भन्ने आग्रहबाट मुक्त हुन आवश्यक छ । गजल आफ्नै मौलिक प्रविधि र संरचनामा आवद्ध सुललित साहित्यक विधा हो जसमा पर्याप्त साङ्गीतिकता हुन्छ । यसर्थ यसलाई गेय विधाको रुपमा पनि चिनिन्छ ।
२०१६ नोभेम्बर ७ · ३० मिनेट