बालेनले टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !
२०२२ सेप्टेम्बर २६ · १० मिनेट
उनले जसरी टुकुचा उत्खनन् गरे त्यसरी नै अब कैलाशकुट भवन पनि उत्खनन् गर्ने आशमा पो छन् जोशी। नक्सालस्थित दूरसञ्चारको भवन बनाउने क्रममा जग खन्दा केही पुरातात्विक महत्त्वका इँटाहरू भेटिएका थिए। ती हतार-हतार त्यसै पुरिएका छन्।। यसका साक्षी उनै जोशी हुन्। उनी त्यहाँ पनि 'डोजर' चलाउने हो भने बालेनले काठमाडौंको इतिहासको यो अत्यन्त महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रारम्भ हुने बताउँछन् उनी। तर, सम्भव छ त? रानीपोखरी किनार ओगटेर बनेको उपत्यका प्रहरी कार्यालय, पोखरी मासेर बनेको सिभिल मल, टुँडीखेल हडपेर बनेको नेपाली सेनाको खेल मैदान र भवनहरू, विभिन्न पोखरी अतिक्रमण गरी बनेका विद्यालय, अस्पताल जस्ता संरचनामा बालेनको 'डोजर' चल्छन् त अब? स्टोरी लिंक : बाँलाम्ह मनु बालेन: टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !