देउसी खेल्दै गरेका स्यालकोटका शुकमान दक्षिणा दिनुको सट्टा आमा इन्दिराले ढोका लगार्इदिएपछि खुबै आक्रोशमा आएका थिए । उता बगरपूरमा बच्चा जन्मेपछि मन लाग्दो गरी खान लगाउँन नपाएकी रश्मीलार्इ बैबाहिक जीवन नै अर्थहीन लाग्दैथियो । यता मध्यनगरमा भेटवालले उपाशनाको बारेमा सकारात्मक कुरा गरेपछि त्रिलोचन भेटवालसँग निकै रिसाएका थिए ।