खोप लगाएकै कारण छोरालार्इ जरो अएको ठानेकी बगरपुरकी रश्मी सासु चन्द्रकलासँग निकै रूष्ट देखिन्थिन् । उता डाँडागाउँमा हेम्बे र उनकी गर्भवती श्रीमती रामप्यारीबीच छोरा या छोरी के जन्मेला भन्ने कुरा हुँदैगर्दा हेम्बेले यसपटक छोरा नै हुन्छ भन्दै ठोकुवा गरेका थिए । यता स्यालकोटमा तिहारमा देउसी खेल्ने तयारी गर्दै गरेका केटाकेटीहरूबीच सोजनलार्इ पनि देउसी भैलोमा समावेश गर्ने कुरा हुनासाथ शुकमान देउसी नखेल्ने भन्दै रिसाएर हिँडेका थिए । अब के हुन्छ त रु थाहा पाउँनका लागि सुनौँ अंक ५६