मै सरी सुनाखरी
२०१६ डिसेम्बर ८ · १५ मिनेट
डाँडागाउँकी रामप्यारीले डोल्मासँग सुत्केरीको बेला अफूलार्इ केही भइहाले दुइटी छोरीको भविष्य के होला भन्दै चिन्ता गर्दैथिइन् । यता बगरपुरमा नातीलार्इ पैँतालिस दिनको खोप लगाउँन तयार भएकी चन्द्रकलालार्इ उनकै छिमेकी निर्मलाले खोप लगाएपछि बच्चा झन बिरामी पर्नसक्छ भन्दै खोप नलगाउँन सुझाव दिदै थिइन् । उता मध्यनगरमा स्वस्तिका कर्पोरेशनकी कर्मचरी समितालार्इ सिनियर कर्मचारी त्रिलोचनले अश्लिल मेसेज पठाएको थाहा पाएपछि उपाशनाले यसबारे तुरून्तै भेटवाल सरसँग कुरा गर्ने बताएकी थिइन्।