गएकाे अंकमा अावेगमा अाएर श्रीमती अरूणीमामाथि हात छाेडेका मध्यपुरका भेटवाल पिटाइकै कारण अरूणीमा बिरामी परेपछि निकै पछुताएका थिए । उता स्यालकाेटमा बत्ती बाल्ने घिउ किन्र म्हम फूलमायाले दिएकाे पैसा हराएकी जुनीमायाले अाफूसँग रिसाइरहेकी म्हमलार्इ जसरी भएपनि पैसा फिर्ता दिने बचन दिएकी थिइन् । यता डाँडागाउँमा बुहारी रामप्यारीले नाती नै जन्माउँछे भनेर जेठीअामा ढुक्क थिइन् । तर रामप्यारी भने छाेरी नै हुन्छ कि भन्रे अाशंकामा थिइन् । अब के हुन्छ त ? थाहा पाउँनका लागि सुनाैँ अंक ५०