शुकमानकै कारण स्कूल छाेडेर फिलिम हेर्न गएकी स्यालकाेटकी जुनीमायाले करूणासँग भने शुकमान र अाफूबीच केही नभए जस्ताे अभिनय गरेकी थिइन् । उता बगरपुरमा रश्मीकाे भरखरै जन्मेकाे छाेराकाे अनुहार हेर्न अाएकी छिमेकी निर्मलाले अनुहार हेरेपछि बाबुकाे अनुहारसँग पटक्कै नमिल्ने भन्दै शंका गरेकी थिइन् । यता मध्यनगरमा पार्टीमा जान तयार हुँदै गरेकी अरूणीमाले अाफूलार्इ केही नसाेधी श्रीमान भेटवालले गहनाकाे सेट बेचिदिएकाे कुरा थाहा पाएपछि तनाव बढेकाे थियाे । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ४९