मै सरी सुनाखरी
२०१६ डिसेम्बर ८ · १५ मिनेट
बुहारी रामप्यारीले मितीनीको घरबाट हेम्बेकाे उपचार खर्च तिर्ने पैसा ल्याउँछिन् भनेर ढुक्क भएकी डाँडागाउँकी जेठीअामा अन्तमा खाली हात फर्केकी रामप्यारीलार्इ देखेर चकित भएकी थिइन् । उता मध्यनगरका भेटवाललार्इ भरखरै नियुक्त भएकी पी ए समितासँग हिमचिम बढाउँन उनकै कर्मचारी त्रिलाेचनले उक्साउँदै थिए । यता बगरपूरमा दही चिउरा ख्वाउन अाएकी अामाले सिसीमा गालेकाे काँक्राेकाे अचार नल्याइदिएकाे भन्दै रश्मी निकै रिसाएकी थिइन् । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ४७