मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर २२ · १५ मिनेट
गर्भवती बुहारी रश्मी एकाएक बिरामी परेपछि बगरपुरकी चन्द्रकलालार्इ निकै अापत परेकाे थियाे । घरकाे अार्थिक बाेझ कम गर्न अनेक उपाय साेच्दै गरेका डाँडागाउँका हेम्बेलार्इ उनकै बाल्यकालकी साथी उपाशनाले मध्यनगर अाएर काम सुरू गर्न हाैसला दिएकी थिइन् । स्यालकाेटमा खुट्टामा चाेट लागेर हजुरअामालार्इ मेडिकलमा लिएर अाएकी जुनीमाया हजुरअामालार्इ बाेक्ने मान्छेे नअाइदिएपछि छटपटाउँदै थिइन्। त्यहीबेला शुकमान अाउँदै गरेकाे देखेर फूलमाया खुसी भएकी थिइन् ।