मध्यनगरकाे भेटवालकी छाेरी निभाले उनकी अामा अरूणीमानसँग बुबालार्इ नभन्ने शर्तमा अाफू चाँडै नै एउटा चलचित्रकाे नायीका बन्न लागेकाे कुरा सुनाएकी थिइन् । उता स्यालकाेटका शुकमानले अाफ्नाे बुबा पहलमानसँग जुनीमायाकाे हात माग्न जाने कुरा गरेका थिए । यता डाँडागाउँमा हेम्बेलार्इ बिदेश जान राेक्दै अाएकी उनकी अामाले अकस्मात बिदेश जान स्वीकृति दिएकी थिइन् ।