मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
शुकमानकाे एकाेहाेराे ब्यबहारले चिढिँएकी स्यालकाेटकी जुनीमायासँग उनकै हजुरअामा फूलमायाले शुकमानकाे खुब प्रशंसा गरेकी थिइन् । उता बगरपूरकी रश्मी र उनकी सासु चन्द्रकलाबीच मनमुटाव बढाउन निर्मलाले रश्मीले बाेका बेच्न खाेजेकाे कुरा सुनाइदिएकी थिइन् । यता मध्यनगरमा भने त्रिलाेचनले उनकै हाकिम भेटवालकाे इच्छा विपरितकाे काम गर्न भेटवालकै छाेरी निभालाइ प्राेत्साहित गर्दैथिए ।