मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
छाेरा अशाेकले पठाएकाे पैसा लिन गएकी बुहारी रश्मी अाफूलार्इ एक अाखर नसाेधी त्यही पैसाले सुनकाे सिक्री लगाएर अाएपछि बगरपूरकी चन्द्रकला अचम्मित भएकी थिइ्न् । डाँगागाउँका हेम्बे र उनकी श्रीमती रामप्यारी भरखरै फिल्म हेरेर फर्कदैथिए । त्यहीबेला बाटाेमै भेटिएकी हेम्बेकी बाल्यकालकी साथी उपाशनाले हेम्बेलार्इ अंगालाे मारेपछि रामप्यारी फन्केर हिँडेकी थिइन् । यता शुकमानले परीक्षाकाे बेला दिएकाे चिटकाे कारण स्कूल र घर दुवैतिर सजाय पाएकी स्यालकाेटकी जुनीमायाले शुकमानसँग अाक्राेश पाेखेकी थिइन् ।