जेठानीकाे ब्यबहारले दिक्क भएकी डाेल्माले श्रीमान सहदेवसँग हेम्बेकाे लागि ल्याएकाे गाेरू बेचिदिन कर गर्दा सहदेव रिसाएका थिए । रूक्मिणीसँग भेट्ने तरखर गरेकाे बेला श्रीमती बिरामी परेपछि तनावमा अाएका भेटवाललार्इ त्रिलाेचनले जिम्मेवारी म सम्हाल्छु भन्दै रूक्मिणीकाेमा जान उक्साएका थिए । बिदेशिएका श्रीमान अशाेक त्यति संपर्कमा नअाएपछि यता बगरपूरकी रश्मीकाे मनमा चिसाे पसेकाे थियाे । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ३५