मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
नयाँ परियाेजनाकाे गाेपनीयता भंग गरेकाे अाराेपमा कारवाही स्वरूप डाँडागाउँ जान लागेकी उपाशनाले अाफूमाथि लागेकाे झुटाे अाराेप मेटाउँनु नै अाफ्नाे मूख्य उदेश्य भएकाे बताएकी थिइन् । उता स्यालकाेटकी जुनीमायाले परीक्षाकाे बेला चीट चाेरेकाे कुरालार्इ लिएर उनकी अामा लाली निकै तनावमा अाएकी थिइन् . यता डाँडागाउँकी जेठीअामाले अाफ्नै देवर सहदेवलार्इ नानाथरी भन्दै सरापेकाे कुरा उनकै नातीनी हिराले गएर सहदेवलार्इ भनिदिने धम्की दिएकी थिइन् ।