गर्भवती बुहारी रश्मीलार्इ अस्पतालमा जचाउँन पठाउने कुरा गरेकी चन्द्रकलालार्इ उनकै छिमेकी निर्मलाले अस्पताल पठाउँदा जथाभावी अाैषधी दिएर बच्चाकै ज्यान जान सक्ने भन्दै त्रसित बनाउँन खाेजेकी थिइन् । डाँडागाउँका हेम्बेलार्इ उनका साथी रामेले अब त छाेरा नै हुन्छ हाेला भनेर जिस्काउँदा हेम्बे रामप्यारीले लट्टे झाँक्रीले फुकेर दिएकाे रक्ती उल्टी गरिदिएकाेले खै के पाे हुने हाे भन्दै चिन्तित देखिन्थे । स्यालकाेटकी जुनीमायाकाे चिन्ता भने गणीतकै परीक्षा कसरी दिने भन्नेमा थियाे ।