मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
रामप्यारीले छाेरा जन्माउने विश्वासमा डाँडा गाउँकी जेठीअामाले त्रिशुल फाँटका लट्टे झाँक्रीले फुकेर दिएकाे रक्ती खुवाउँदा रामप्यारीले उल्टी गरिदिएकी थिइन् । उता मध्यनगरमा भेटवालकी छाेरी निभाले भेटवालकाे इच्छा बिपरित नृत्य कक्षालार्इ निरन्तरता दिने अडान लिएकी थिइन् । यता बगरपूरमा भने श्रावण महिनामा मासु नखाने रश्मीकाे घरमा माइलादाइले मासु लिएर अाइदिएपछि चन्द्रकलालार्इ निकै तनाब भएकाे थियाे ।