मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
भेटवाललार्इ उपासनाका प्रेमी प्रभातले अफिसमै अाएर तमासा गरेकाे कुरा त्रिलाेचनले सुनाइदिएपछि भेटवाल अाक्राेसमा अाएका थिए । उता गणीतमा कमजाेर भएकी स्यालकाेटकी जुनीमाया परीक्षा नजिक अाइरहेकै बेला गणीतकै कापी हराएर तनावमा अाएकी थिइन् । यता रामप्यारी गर्भवती भएकाे कुराले मख्ख परेका डाँडागाउँका हेम्बे अाफूलार्इ थाहै नदिइ अामा सानीअामाकाे घर गएकाे कुराले अाशंकित भएका थिए ।