स्यालकाेटका शुकमान जुनीमायाकाे अाग्रहमा साेजनसँग फेरि मित्रता कायम गर्न मञ्जुर भएका थिए तर त्यसका लागि जुनीमायाले अाफ्नाे कुरा मान्रुपर्ने उनकाे शर्त थियाे । बगरपूरमा राेपाइ भइरहेकाे बेला खाजा खाने बेला भएर पनि रश्मी खाजा लिएर नअाइपुगेपछि उनकी सासु चन्द्रकला निकै अात्तिएकी थिइन् । मध्यनगरमा स्वस्तिका कर्पाेरशनकी कर्मचारी उपासना र प्रभातबीचकाे प्रेम सम्बन्ध पूरै चिसिएकाे थियाे