अाफ्नै मामा ससुराले थाेरै पैसा माग्दा पनि छैन भनेर टारेकी रश्मीले गाउँकाे प्रमाेदलार्इ भने भएजति पैसा दिन तयार भएकी थिइन् । यता डाँडागाउँका हेम्बे र उनकी श्रीमती रामप्यारीबीच बाेलचाल नहुँदा हेम्बेले अाफै दाेस्राे पटक बाबु बन्दै गरेकाे कुरा डाेल्मा काकीकाे मुखबाट सुनेका थिए । यता स्यालकाेटमा साेजनले शुकमानसँग बदला लिन लागेकाे कुरा थाहा पाएकी नमुनाले जुनीमायासँग अब शुकमान र साेजनलार्इ मिलाउनुपर्ने कुरा गरेकी थिइन् ।