मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
भाका नाघेर पनि गाेरूकाे पैसा नतिरेकाे रीसमा जंगिदै अाएका ढकाल बाजेलार्इ, खेत जाेतिरहेका हेम्बेले गाेरू फुकाएर लैजाने भए लैजाउन भनेका थिए । यता परी लञ्जकी रूक्मीणीसँग नजिकिदै गएका भेटवाल रूक्मीणीकाे हाउभाउसँग थप अाकर्षित देखिन्थे । उता बगरपूरकी रश्मी भने, समिक्षासँग रमाइलाे कुरा गरिरहेकाे बेला एक्कासी बिदेशबाट ल्याएकाे लाश देखेर हताेत्साही भएकी थिइन् ।