श्रृंखलाको सार संक्षेपः रेडियो नाटक मै सरी सुनाखरीको अंक "१४" मा डाँडा गाउँका हेम्बे र उनकी श्रीमती खाेला पसेकाे खेतमा ढुंगा हटाउँदै गर्दा अचानक हेम्बेकाे हात ढुंगाले च्यापेकाे थियाे । यता मध्यपूरका भेटवाल छाेरी निभालार्इ लिएर उनले पढ्ने इन्स्टिच्यूट जान खाेज्दा निभाले,एक्कासी टाउकाे घुमाएकाे भन्दै सञ्चाे भएपछि अाफै जाने बताएकी थिइन् । उता बगरपूरकी रश्मी पनि केलाएकाे दाल बाेकेर भित्र जाँदै गर्दा लडेकी थिइन् । अब के हुन्छ त ? थाहा पाउनका लागि सुनाै अंक १५ ।