श्रृंखलाको सार संक्षेपः रेडियो नाटक मै सरी सुनाखरीको अंक "१२" मा स्यालकाेटकी जुनीमायाले साथी नमुनासँग अब पढाइमा ध्यान दिएरसबैलार्इ जित्ने कुरा गरेकी थिइन् । यता बगरपूरकी रश्मी भने विदेश फर्कन लागेका श्रीमान अशाेकसँग प्रेमिल रात बिताउँदै थिइन् । मध्यपूरमा भने स्वस्तिका कर्पाेरेशनका हाकिम भेटवालले नयाँ परियाेजना लिड गर्न उत्सुक त्रिलाेचनलार्इ परियाेजनाकाे जिम्मेवारीबाट अलग गराउने संकेत दिएका थिए । अब के हुन्छ त ? थाहा पाउनका लागि सुनाैँ अंक १३ ।