श्रृंखलाको सार संक्षेपः रेडियो नाटक मै सरी सुनाखरीको अंक "११" मा डाँडा गाउँकी जेठीअामासँग छोरा हेम्बेले विदेश जान्छु भन्दा उनी केहीबोलिनन्। यता मध्यनगरमा क्लाइन्ट भेट्न स्क्वायर प्लाजा अाएका त्रिलोचन र उपासना अाफ्नै अफिसका हाकिमलार्इ कुनै युवतीसँग देखेर छक्क परेका थिए । उता बगरपूरकी समिक्षाले रश्मी भाउजु गर्भवती भइन् कि भनेर चाँसो देखाएकी थिइन्। अब के हुन्छ त ? थाहा पाउनका लागि सुनाैँ अंक "१२" ।