श्रृंखलाको सार संक्षेपः मै सरी सुनाखरीको अंक “५” मा देवर सहदेवसँग चिढिएकी जेठीआमा आफ्नो छोरा हेम्बे सहदेबकै खेत जोत्न जान लागेकोकुराले आक्रोशित थिइन् । उता जूनीमायाले करुणाको हातमा लेखेको नामको विषयमा जान्न खोज्दा करुणाले कुरालुकाएकी थिइन् । यता स्वस्तिका कर्पोरेशनका मेनेजर त्रिलोचनले भरखरै जागिरमा छनौट भएकी उपासनालाई प्रगतिको प्रलोभन देखाइ आफूलाई साथ दिनुपर्ने कुरा राखेका थिए । अब के हुन्छ त ?