यो नयाँ वर्ष एउटा नयाँ किसिमको ब्यापारले तपाईहरुको ढोका ढकढक्याउनेछ । दुई बेरोजगार युवाहरुले केहि भिन्न गर्ने सोचमा सुरु गरेको Happy Ending Pvt. Ltd. "सास गएपछिको आस"ले कसैको मृत्यु भएपछी उनीहरुको अन्तिम यात्रालाई स-सम्मान विधिपूर्वक सम्पन्न गरिदिने गर्दछ । तर यस किसिमको ब्यापारको स्वाद नचाखेको हाम्रो समाजले यसलाई कसरि लिन्छ ...के यी दुई युवा सफल हुन्छन् ..आफ्नो नँया काम स्थापित गर्न के कस्तो कष्टको समाना गर्नपर्छ यिनीहरुले ...यो सबै कुरा जान्न सुन्नुहोस् Happy Ending Pvt. Ltd मा ।