आफु बैदेशिक रोजगारका लागी अरबको मरभुमीमा पसिना बगाइरहदा आफ्नो श्रीमतिले अर्कै युवकसँग गाँउमा भागेर बिहा गरेपछि, पात्र धेरै बर्ष लाजले घर फर्कन सक्दैन । निक्कै बर्ष पछी घर फर्केर पात्रले आफ्नो पुर्वपत्नीसँग फेरी भेटघाट सुरु गर्छ । तर त्यो भेटघाटको निस्कर्ष के ? आखिर आफुलाई छाडेर जाने पत्नीको बारेमा उसको अहिलेको मनस्थिती के छ ? यो सबै जान्न यहाँहरुले कथाकारमा "छाडी जानेलाई" सुन्न पर्छ । यस कथामा देशमा आएको बाढिको परिवेश समेटिएको छ भने यस कथाका पात्रहरु काल्पनिक हुन् ।