धुन, एउटा म्युजिक एल्बम मात्र नभएर एउटा मध्यम बर्गीय परिवारको सपना हो , आफ्नो परिवारको बर्षौ पुरानो सपना पूरा गर्न अगाडी बढेको घरको कान्छो छोरा विश्वासले धुनलार्इ सार्वजनिक गर्नको लागि गरेको संघर्ष र आन्तरिक परिवारमा आएको मन मुटाबको यो पारिवारिक कथाले परिवारको सपना र परिवारको एउटा व्यक्तिको सपना बीचको तालमेल नमिलेपछि उत्पन्न भएको द्वन्दलार्इ देखाउन खोजेको छ ।