चिहानपुरको एउटा गाउँ जहाँ मानिसहरुलाई भूतको त्रास छ , आफ्वाह फैलिएको त्यो गाउँमा भूत छैन भन्ने संदेशको नाटक प्रस्तुत गर्न गएका नाटकका पात्रहरुनै जब आफै भूतको मारमा पर्छन , कथाले एउटा रोमान्चक मोड लिन्छ । “ओ मार्इ भूत !” ले गाउघरमा महिलाहरुलाई बोक्शीको आरोप लगाउने अन्धबिस्वासको बिषयलार्इ पनि रामाइलो कथामा समेटेको छ ।