यस कार्यक्रमको पहिलो खण्डमा मलाई तिनओटा नाम दिनुहोस् रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा कला शिक्षण अन्तर्गत रंग बनाउने क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा दर्शनअन्तर्गत अभिभावक र विद्यालय समबन्ध किन र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा आज हामीसाइबर अपराधका बारे जानकारी प्रस्तुत गरिएको छ।