यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा विज्ञान विषय अन्तर्गत 5E model बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा शिक्षकको व्यवहार र त्यसको परिणाम बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा भानुभक्त आचार्यद्वारा शार्दूलविक्रीडित छन्दमा लेखिएको हनुमान र सुरसा कविता वाचन बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा मासिक धर्मको जनचेतना- महिनावारि र यससँग सम्बन्धित हाम्रो संस्कार बारे जानकारी प्रस्तुत गरिएको छ।