यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा शिक्षा दर्शन अन्तर्गत साना बालबालिकाहरुले खेल्ने खेलका चरणहरु र यसका प्रकारको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा बच्चाहरूलाई सहि खानेकुराको अभ्यास तथा अभ्यस्त गराउन अभिभावकहरू स्वयं सचेत हुन अनिवार्य छ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ।