यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा सामाजिक शिक्षा अन्तर्गत स्थलगत भ्रमण के हो र विद्यार्थीहरूलाई स्थलगत भ्रमण कसरी गराउन सकिन्छ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा “जीवनको भोगाइ, केटाकेटीको सिकाइ” बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा मस्तिस्कको ब्यायाम बारे जानकारी प्रस्तुत गरिएको छ।अन्त्यमा असल अभिभावकत्वको खण्डमा बालबालिकाहरूले झूठो बोल्ने अवस्थाहरू र यसको समाधान कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ।